७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

करेन्ट लागेर बालकको मृत्यु



रुकुम ।
रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो। उनको घर जिल्लाको सानीभेरी गाउँपालिका ११, मा भए पनि छिबाङमा फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए।

प्रकाशित मिति : १३ जेष्ठ २०७६ सोमबार ००:००  २ : ०२ बजे