९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु 



तनहुँ ।
शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा टिपरले ठक्कर दिँदा आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाको २१ वर्षीय कमल विक छन्। भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकलयात्री विकलाई ठक्कर दिएको हो। ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  २ : २० बजे