५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौँ ।

देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ७ : २१ बजे