७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

एक लाख घुससहित इञ्जिनियर पक्राउ



सप्तरी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसबापत लिएको एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले बिहीबार राजविराज नगरपालिका–६ स्थित उनको डेरामा छापा मार्दा एक लाख घुस लिएको रकम फेला पारेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले बताउनुभयो ।
बोदे बसाइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्ण खोलाको झोलुङ्गे पुल निर्माण कार्यको पेश्की फर्छ्यौटका लागि मूल्याङ्कन गर्ने क्रममा एक लाख घुस लिएको आयोगको जिकिर छ । स्वर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा एक लाख बुझाउनुभएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ४ : ०२ बजे