५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव



डडेल्धुरा ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो।

शनिबार मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशानस कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन्।

यातायात बन्द दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका छन्। डडेल्धुरा अस्पतालनजिकै रहेको तुफानडाँडा चोकमा उनीहरुले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका हुन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  १ : ४९ बजे