९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पुरा



काठमाडौ ।
नेपाल ज्योतिष परिषद्को आयोजना एवम् दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको सह आयोजनामा हुने १७ औं राष्ट्रिय ज्योतिष सम्मेलन २०७६ शनिबार काठमाडौको वागवजारमा अवस्थित होटल हार्दिकमा हुने दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति आचार्य लक्ष्मण पन्थिले बताउनुभयो ।
कार्यक्रममा ज्योतिष, वास्तु, तन्त्रशास्त्र र पत्रकारिता लगाएत विभिन्न माध्यमबाट ज्योतिषिय क्षेत्रमा र नेपाल ज्योतिष परिषद्को संगठन सुदृढीकरणमा विशेष सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिने नेपाल ज्योतिष परिषद्का केन्द्रिय अध्यक्ष माधवराज पाण्डेले बताउनुभयो ।
कार्यक्रममा देशभर रहेका ३०० ज्योतिषी गुरुहरु कार्यक्रममा उपस्थित रहने र कार्यक्रम बिहान ८ बजेबाट साँझ ५ बजेसम्म चल्ने कार्यक्रमका संयोजक एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव आचार्य सन्तोष वशिष्ठले बताउनुभयो ।
यो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको र कार्यक्रमको उद्घाटन नेपाल पञ्चाङ्ग समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले गर्ने नेपाल ज्योतिष परिषद्का आजिवन सदस्य शिवलाल पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ८ : ३३ बजे