१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको भाउले बनायो नया रेकर्डः तोलाको ७३ हजार ५ सय रुपैयाँ



काठमाण्डौ ।
सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन सोमबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । लगातार बढ्दै सुन सोमबार तोलामा ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर बलियो भएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महंगो भएको र यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
चाँदी पनि सोमबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७६ सोमबार ००:००  १२ : ५३ बजे