८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य घट्यो



काठमाडौं ।
उत्तारचढाव भइरहेको सुनको मूल्य आइतबार घटेको छ। केही दिनदेखि सुनको भाउँ घटिरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर ८४५ रुपैयाँमा करोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ५०० रुपैयाँ रहेको थियो। चाँदी भने ८६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १२ : १२ बजे