७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मृतक परिवारलाई बिमा रकम हस्तान्तरण



मायादेवी अनलाइन, बुद्धभूमी ।
सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले आफनो मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका प्रदान गरेको छ । मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका लागि तीस हजार रुपैया र निजको विमा वापतको रकम एक लाख गरि जम्मा एक लाख तिस हजार रुपैया प्रदान गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा मृतकको श्रीमान सुन्दर केशब गुप्तालाई सो राहत रकम हस्तान्तरण गरीएको हो ।
असोज १६ गते तौलिहवामा आयोजीत मृत्यु दावि तथा श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश गैरे, संस्थाका विभागय प्रमुख उमाकान्त मरासिनी, रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय जीतपुरका शाखा प्रमुख राम प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा संयुक्त रुपमा बिमित परिवारलाई १ लाख ३० हजार नगद हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकास गैरेले सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड तथा बिमा कम्पनीले प्रदान गरेको राहतले पिडीत परिवारलाई केहि राहत मिल्ने बताउनुभयो। कार्यक्रमको संचालन संस्थाका बिभागिय प्रमुख मदन लम्सालले गर्नु भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६ बिहिबार ००:००  ४ : २६ बजे