२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वाणगंगामा खुल्यो एस.एस. क्याटरिङ, सस्तोमा सेवा पाइने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको जितपुर चारनम्बरमा एस.एस.क्याटरिङ खुलेको छ । वाणगंगा नगरपालिका वडा नं. ३ सिउटीका यादव चुदालीले सुविधा सम्पन्न क्याटरिङ सेवा सुचारु गर्नुभएको हो । सिउटीमा लामो समय देखि पञ्जावी तड्का रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका चुदालीले विहीबार एस.एस. क्याटरिङ सुरु गर्नुभएको छ ।
यस क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीले एक कार्यक्रमका बीच क्याटरिङ सेवा उद्घाटन गर्नुभयो । वाणगंगामा व्यवसाय गर्नेको संख्या बढीरहेको भन्दै यसले मुलुक समृद्ध बनाउन सहयोग पुग्ने बताउनुभयो । आजभोली विवाह भतेर लगायतका स्थानमा क्याटरिङको माग बढ्दो रहेको भन्दै यसले व्यक्तिको आर्थिक समृद्धिमा राम्रो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विगत १६ बर्ष देखि भारतको पञ्जावमा क्याटरिङ सञ्चालन गर्दै आउनुभएका चुदाली गुणस्तरीय सेवामा कटिवद्ध हुनुहुन्छ । क्याटरिङमा आउटडोर, इन्डोर, हाफ तथा फूल क्याटरिङ, भिआईपी टेन्ट डेकोरेशन, साउण्ड सिष्टमको व्यवस्था रहेको चुदालीले बताउनुभयो । यसको मुख्य कार्यलय होराइजन चोक नजिक छ भने शाखा कार्यालयको रुपमा वडा नं. ३ सिउटीमा रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ८ : ४८ बजे