७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

नयाँ शक्तिको प्रशिक्षण



पार्वती पाण्डे, कपिलवस्तु, ४ असोज ।
नयाँ शक्ति पार्टि नेपाल जिल्ला समन्वय समितिको कपिलवस्तुको आयोजनामा एक दिवसिय प्रशिक्षण कार्यक्रम मंगलवार जिल्लाको सदरमुकाम तौलिहवा स्थित, नगरपालिकाको सभाहलमा गरिएको छ ।
प्रशिक्षण दिनेहरुमा पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा पाँच नम्बर प्रदेशका संयोजक दानबहादुर चौधरी, प्रदेश सचिव कमल खनाल, प्रदेश सह संयोजक चिनक कुर्मी ,प्रदेशका संगठन विभाग प्रमुख यज्ञ पोख्रेल, प्रदेशका स्वास्थ विभाग प्रमुख डा.गोपाल गुप्ता, प्रदेशका सुचना तथा सञ्चार विभागका प्रमुख रमेश पोख्रेल, विष्णुहरि शर्मा, रामलौटन तिवारी ,इन्द्रमणी पौडेल लगायतका नेताहरुले विषयगत प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम जिल्ला संयोजक नारायण खनालको अध्यक्षतामा गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ४२ बजे