२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेलाको आयोजना



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिका २, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएको छ । लोहरौला गाउँ समाज समितिको आयोजनामा यहि माघ १० र ११ हुन लागेको आयोजकले जनाएको छ ।
थारु समुदायमा लोप हुँदै गएको पुख्र्यौली सामाग्री गरगहना, भेषभषा, रितिरिवाज र परम्परागत नृत्यको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक तथा गाउँ समाज समितिका बडघर कृष्ण बहादुर थारुले जानकरी दिए ।
त्यसैगरी मेलाका मुख्य आकर्षणका केन्द्रबिन्दु आधुनिक, भोजपुरी, थारु गायक श्रीनिवास चौधरी, समीक्षा चौधरी, अञ्जु कुस्मी, राज कुस्मी, सरगम चौधरी, सिमान्त चौधरी, निसु चौधरी, शारदा थारु, राजेन्द्र चौधरी, रमेश सिटी, विष्णु थारु, आर्यान थारु, विन्दु थारु लगायत कलाकारहरूले मनोरञ्जनदिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  २ : ५८ बजे