७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एक सय ३१ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक 



काठमाडौँ, ९ असोज (रासस) ः
असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा (एमाले) १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।
अब पाच स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्नेगरी गणना कार्य भइरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ७ : ०४ बजे