८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गौचनको हत्याको बिरोधमा कपिलवस्तुका निर्माण ब्यवसायी आन्दोलित



कपिलवसतु २५ असोज ।
निर्माण ब्यवसायीका महासघंका केन्द्रिय अध्यक्ष शरद कुमार गौचनको हत्याको बिरोधमा कपिलवस्तुका निर्माण ब्यवसायीहरु आन्दोलित भएका छन ।हत्यारा तत्कालै पक्राउ गर्नु पर्ने माग गर्दे आगामी असोज २७ गते सम्म कपिलवस्तु निर्माण ब्यवसायीमा आबद्ध ब्यवासयीहरुले पेशागत रुपमा गरी आएको सबै काम रोक्ने निर्णय गरेका छन ।

संघका जिल्ला अध्यक्ष चन्द्रशेखर श्रेष्ठले तौलिहवामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन ।

घटनाको घोर भत्सना गर्दै उहाले मृतक गौचनलाई शरिद घोषणा गनु पर्ने माग गर्नुभयो । राजधानी जस्तो सुरक्षरित ठाउ मानिएको काठमाण्डौमा दिनदाहाडै गोली हानी हत्या भएको २४ घण्टा बित्दा पनि हत्यारा पत्ता नलाग्नु प्रहरीको कमजोरी देखिएको उहाले बताउनुभयो ।

केन्द्रिय निर्णय अनुसार संघका झण्डा आधा झुकाउने, शोक पुस्तिका समेत खडा गरिएको छ । यसै बिच संघले गौचनको हत्यारालाई तत्कालै पक्राउ गरी कडा कारबाहीको माग गर्दे प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाईएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ४ : ४३ बजे