९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विश्व बैंकले सडक बनाउन ५४ अर्ब बराबरको ऋण दिने



काठमाडौं ।
विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालको सडक पूर्वाधार विकास गर्नका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।

कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जानकारी दिएको छ।

नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार आयोजनाका लागि स्वीकृत भएको यो ऋणबाट विशेषगरी नागढुंगा-नौविसे-मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला-ढल्केबर-पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ।

यी आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने, सुरक्षित सडक यातायात सुनिश्चित हुने तथा जनताले सहज सुविधा पाउने बैंकको विश्वास रहेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ५९ बजे