२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नागरिकता विधेयक विरुद्ध जनता समाजवादी कृष्णनगरको विरोध



प्रिन्स मिश्रा, कृष्णनगर ।
जनता समाजवादी पार्टी कृष्णनगरले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । समितिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारतसंगको रोटी वेटीको सम्बन्धलाई सकाउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनता समाजवादी पार्टी कृष्णनगर समितिको आयोजनामा भएको विरोध कार्यक्रममा संघीय परिषद् सदस्य अकरम पठानले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउँदा नागरिकताका लागि ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टीले निरन्तर प्रदर्शन गर्ने बताए ।

सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडी पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँसम्म आन्दोलन गरिरहने पठानले बताए । जनता समाजवादी पार्टीका सदस्य शिवकुमार गुप्ताले विधेयक आफ्नो पार्र्टीलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने बताए ।

जनता समाजबादी नेता बृजेश गुप्ताले एउटा समुदायको परम्परा देखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने बताए ।

युवा नेता नबाब शाहले सरकारले पटक पटक मधेशी थारु जनजाती माथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने बताए । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने शाहले माग गरे ।

जनता समाजवादी पाटीका नेता संभु पांडेयले नागरिकता विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गरे । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी विचको सम्बन्धलाई तोडने कार्य भएको बताए ।

उक्त कार्यक्रममा साहिल खान, जीवन श्रीवास्तव, बजरंगी गुप्ता शिवकुमार गुप्ता, दीपेंद्र मिश्रा, मोहमद हाई, राजेश यादव, रामकुमार यादव, रामसेवक यादव, नदीम अहमद, अशरफ खान जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ६ : २५ बजे