२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

चीनले नेकपालाई प्रशिक्षण दियो, पार्टीको झगडा मिलायोः नेता रिजाल



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकको शून्य समयमा बोल्दै उहाँले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवैतर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय चिनियाँ कम्युनिस्ट नेताहरु नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ रहेको भन्दै त्यसतर्फ नेकपाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्रधानमन्त्रीको लागि फोरजी सर्भेलेन्ससहितको गाडी खरिद प्रक्रियाको सम्बन्धमा गृह मन्त्रीको जवाफ माग्नुभयो ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ४ : १८ बजे