काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बैठकमा १८ जना सदस्यले भारतसँगको सीमा विवाद र समाधानका लागि सरकारको प्रयासबारे बोलेका छन् ।
धेरैले सरकारको प्रशंसा गरेका छन् भने कतिपयले महाकालीदेखि मेचीसम्मको सीमामा देखिएको विवाद समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
आज बैठकको सुरूमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले सीमा विवाद समाधानमा चासो नदेखाएको, छलफल गर्न खोज्दा आनाकानी गरेको बताएका थिए ।
उनीपछि बोलेका अधिकांश सदस्यले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराए ।
कालापानी मात्र नभएर देशका विभिन्न ठाउँमा अतिक्रमित भूभाग फिर्ता ल्याउने गरी भारतसँग कुरा राख्नुपर्ने माग बैठकमा उठेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।
१२ असार २०७७ शुक्रबार ००:००
0
Shares







प्रतिक्रिया