कपिलवस्तु, २२ कात्तिक ।
नेपाली कांग्रेस कपिलवस्तुले आसन्न प्रतिनिधी तथा प्रचार सभाको लागी महाराजंगज नगरपालिकामा प्रचार प्रसार समिति गठन गरेको छ ।
महाराजगजमा सम्पन्न बृहत कार्यकर्ता भेलामा स्थानीय युवा नेता गगेशनाथ तिवारीको संयोजकत्वमा १ सय १ सदस्य रहेको निर्वाचन प्रचार समिति गठन गरेको छ ।
कार्यक्रममा नेपाली कागेंस कपिलवस्तुका पार्टी सभापति एवं प्रतिनिधी सभा सदस्यका उमेदवार सुरेन्द्र राज आर्चायले मधेसको समस्या समाधान गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको बताए ।
वितेको संसदमा नेपाली कागेंसले नै सविधान संसोधन गरी मधेसवादी दल र मधेसको समस्या समाधान गर्न संविधान संसोधन टेवलमा पुर्याउदा नकपा एमालेको विरोध र विपक्षी भएको कारण संविधान संसोधन हुन नसकेको बताए ।
हिमाल, पहाड, तराई सवै क्षेत्रको विकास र लोकतन्त्रको विकास गर्ने एक मात्र पार्टी कांग्रेस भएको हुदां सवैले कागे्रंसमा मतदान गर्न समेत आर्चायले आग्रह गरे ।
भेलामा पूर्व सांसद विष्णुराज आर्चाय, कांग्रेस उप सभापति अब्दुल कलाम खां, क्षेत्रिय सभापति राजेश्वर सिंह बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मिरा थारु, महाराजगजं नगरपालिकाकी उप प्रमुख शोभावती कुर्मी, प्रदेश सभा सदस्य उमेद्धार जावहिरलाल चौधरी लगायतका नेताहरुले संवोधन गरेका थिए ।
निर्वाचन प्रचार प्रसार समितिले हरेक वडा र वस्तीमा पुगेर नेपाली कागे्रसको निर्वाचन घोषणा पत्र तथा कागे्रसका सिदान्तमा प्रचार प्रसार गर्ने संयोजक गगेशनाथ तिवारी जानकारी दिएका छन् ।
२२ कार्तिक २०७४ बुधबार ००:००
0
Shares










प्रतिक्रिया