८ असार २०८३, सोमबार | Tue Jun 23 2026

फेरि बढ्यो सुनको मूल्य



काठमाडौं ।

शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९८ हजार ६ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो।

पछिल्लो साता सुनको मूल्य बढेर एक लाख तीन हजार ५ सयसम्म पुगेको थियो। आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो अघिल्लो दिनको तुलनामा ६० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ११ : ५४ बजे