८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लैगिंक सचेतनाका लागी मैत्रीपुर्ण ब्याडमिन्टन



कपिलवस्तु, २७ कार्तिक ।
“हाम्रो सटल ः महिला हिंसा अन्त्यका लागी” भन्ने नाराका साथ लैगिंक हिंसा न्युनिकरण बारे सचेतना प्रवाह गर्ने उद्धेश्यका साथ तौलिहवामा दुई दिने मैत्रीपुर्ण ब्याडमिन्टन शुरु गरिएको छ । साथी कपिलवस्तु आस्था परियोजना र जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघको संयुक्त आयोजनामा आयोजित खेलमा २१ डबल्सले सहभागीता जनाएका छन ।

एक कार्यक्रमका बिच जिल्ला अदालतका न्यायाधिस ओमकार उपाध्याय, न्यायाधिस गिरीराज गौतम, प्रजिअ मदन भुजेल र प्रहरी उपरिक्षक भोजजंग शाहले ब्याडमिन्टन खेलेर मैत्रीपुर्ण खेलको उदघाटन गरेका थिए । नेपाल सरकारको लैगिंक हिंसा बिरुद्धको पञ्चबर्षिय रणनितीक योजनालाई सहयोग पुर्याउन सञ्चालित परियोजनाले रणनितीमा राखेको पुरुष र युवा तथा खेल सँगको सहकार्यको नितीलाई अबलम्बन गर्दै खेलको आयोजना गरेको आयोजकले जनाएका छन ।
खेलमा जिल्लाका सरकारी निकायका प्रमुख सहित किशोर किशोरी खेलाडीको समेत सहभागीता रहेको छ । संघका जिल्ला अध्यक्ष दिनेश हमालको अध्यक्षता तथा सचिव बलराम न्यौपानेको सञ्चालनमा सम्पन्न उदघाटन सत्रको कार्यक्रममा उपअनुसन्धान निर्देशक शरदबन्धु डिसी, प्रहरी नायब उपरिक्षक प्रहलाद अधिकारी, आस्था परियोजनाका जिल्ला संयोजक खग प्रसाद चापागाई, लेखा अधिकृत निरज कर्ण, ब्याडमिन्टन प्रशिक्षक राजेश प्रताप शाक्य लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : २४ बजे