२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अद्भुत क्षमताकी जिया भुसालबारे पूर्वप्रधानमन्त्री नेपालको चासो



मायादेवी अनलाइन, चार नम्बर ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले उद्भुत क्षमताकी जिया भुसालको बारेमा चासो व्यक्त गर्नुभएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ विरपुर मावली परिवारमा रहेकी भुसालको बारेमा विभिन्न मिडियाबाट थाहा पाएपछि पूर्व प्रधानमन्त्री नेपालले चासो व्यक्त गर्नुभएको हो ।

उद्भूत कलाले सबैको मन जित्न सफल भएकी भुसालको घरपरिवारमा परेको ब्रजपात र दयनिय आर्थिक अवस्थाबारे चासो राख्दै पूर्व प्रधानमन्त्री नेपालले प्रदेश सांसद विष्णु पन्थीलाई जियाको घरमै पुग्न आग्रह गर्नुभएको थियो । घरमा पुगेर जियाको अवस्था बुज्न र आफुले के सहयोग गर्नुपर्छ भन्न नेता नेपालले आग्रह गरेको सांसद पन्थीले बताउनुभयो ।

‘नेता नेपालले मलाई फोन गरेर घरमा पुगेर सहयोग गर्नुहोला भन्नुभयो । म जियाको घरमा पुगेको छुँ । जियालाई कक्षा १२ सम्म निशुल्क पढाउने जिम्मा म लिन्छु, आमालाई रोजगारीको ग्यारेन्टी गर्छु, सांसद पन्थीले मायादेवी अनलाइनसंग भन्नुभयो, मैले के सहयोग गर्नुपर्छ त्यो पनि भन्नुहोला भनेर नेता नेपालले भन्नुभएको छ ।’

पूर्वप्रधामन्त्री नेपालले भनेपछि विहीबार सांसद पन्थी लगायतको टोली जियाको घरमा पुगेको छ । जियाको परिवारमा साहराको खाँचो परिरहेको बेला सांसद पन्थी लगायतको टोली विहीबार घरमा पुगेर छोरीको शिक्षादिक्षासंगै आमालाई जागीरको प्रबन्ध गर्ने बताउनुभएको छ । छोरी कम उमेरमै प्रतिभावान भएको र उनको राम्रो शिक्षादिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने सांसद पन्थीले मायादेवी अनलाइनसंग प्रतिवद्धता जनाउनुभयो । उहाले छोरीलाई निशुल्क शिक्षाको व्यवस्थासंगै आमालाई राम्रो जागीर खोज्ने बताउनुभएको छ ।

यो पनि पढ्नुहोस् सांसद विष्णु पन्थी पुगे जियाको घरमा, आमालाई रोजगारीसंगै छोरीलाई निशुल्क पढाउने जिम्मा

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  ६ : २५ बजे