मायादेवी अनलाइन, चार नम्बर ।
अद्भुत कला प्रर्दशन गर्न सक्ने ६ बर्षीया जिया भुसालको घरमा प्रदेश सांसद विष्णु पन्थी लगायतको एक टोली विहीबार पुगेको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ विरपुरको आफ्नो मावली घरमा बसेकी भुसालको घरमा सांसद पन्थी लगायतको टोली पुगेको हो ।
युकेजीमा अध्ययनरत भुसालको ६ बर्षकै उमेरमा सातै प्रदेशको नाम, राजधानी, मुख्यमन्त्रीको नाम, अन्य मन्त्रीको नाम, भुगोल, सम्बन्धि राम्रो ज्ञान रहेको छ । किताब नहेरी फरर सामान्य ज्ञान भन्न सक्ने भुसालको बुवाको तीन हप्ता पहिला निधन भएको छ । बुवाको निधन भए पछि घरमा आर्थिक समस्या देखिएको छ ।
उनको बुवाले बुद्धभूमि नगरपालिका वडा नं. ९ इमिलिया बजारमा ठेलामा तरकारी बेच्दै आएका थिए । तर, उनको खुट्टामा ‘पिलो’ भएको र त्यसले नै उनको निधन हुन पुगेको हो । पिलोले श्रीमानकै ज्यानै लेला भन्ने नसोचेकी लक्ष्मी भुसाललाई अहिले ठूलै ब्रजपात भएको छ ।
छोरीको उद्भुत कलाले देशमै चर्चा परिचर्चा बुटुलेको बेला श्रीमानको असमायिक निधनले विक्षिप्त बनेकी लक्ष्मीलाई अहिले ठूलै ब्रजपात भएको छ । कोठा भाडामा बस्दै आएकी लक्ष्मीको जग्गा जमिन केही छैन् भने आठ महिना अगाडी ससुराको मष्तिस्कघातको कारण निधन भएको थियो । श्रीमान र ससुराको निधन पश्चात बेसाहरा बनेकी लक्ष्मी हाल विरपुरस्थित माइती घरमा बसेकी छिन् ।
मायादेवी अनलाइनसंगै अन्य सोसल मिडियाले लक्ष्मी र उनकी छोरी जियाको भिडिओ सार्वजनिक गरेपछि उनी राष्ट्रमै चर्चामा छिन् । छोरी जियाको अद्भुत कलाले सबैको ध्यान अच्चमसंग खिचेको छ भने घरको पीडाले सबैको आखाँ रसाएको छ ।
यो बेला सान्त्वनासंगै साहराको खाचो परिरहेको बेला सांसद पन्थी लगायतको टोली विहीबार घरमा पुगेर छोरीको शिक्षादिक्षासंगै आमालाई जागीरको प्रबन्ध गर्ने आश्वासन दिएका छन् । छोरी कम उमेरमै प्रतिभावान भएको र उनको राम्रो शिक्षादिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने सांसद पन्थीले मायादेवी अनलाइनसंग प्रतिवद्धता जनाए । उनले छोरीलाई निशुल्क शिक्षाको व्यवस्थासंगै आमालाई राम्रो जागीर खोज्ने बताए ।
सांसद पन्थीसहितको टोलीमा नेकपा बुद्धभूमिका नेता रुपेश श्रेष्ठ, नेकपा वाणगंगाका अध्यक्ष शंकर पाण्डे, मदन अधिकारी थिए ।







प्रतिक्रिया