८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘गजल’ एलिसा घिमिरे कपिलवस्तु



मेरो चितामा जल्दा लास तिम्रो खुसी होस
हुन्छ तिम्रो महलको बाँस तिम्रो खुसी होस

गए म आगोसंगै बलि क्षण भर मै पृयसी
चितामा हुँदा सरिर नास तिन्रो खुसी होस

म त बन्न सकिन तिम्रो दिलको मान्छे फेरि
राम्रो मान्छे आउँछ खास तिम्रो खुसी होस

उमंगले भरियोस हराभरा हुनेछ तिम्रो जीवन
प्रगतिका पलहरुको रास तिम्रो खुसी होस

हुने छैन अजम्बरी मान्छे को चोला हेर्नुहोस
अन्तिमचोटी मैले फेर्दा सास तिम्रो खुसी होस

एलिसा घिमिरे अर्घाखाँची, हाल कपिलवस्तु ।

प्रकाशित मिति : १३ भदौ २०७७ शनिबार ००:००  १० : १४ बजे