१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

शनिबार विशेषः रुपक बेल्वासेको गजल



आफ्नै जन्मदिने बाबा आमालाई लात दिने कस्ता छोराछोरी ।
दिनरात रुवाएर पिडाको घाउ अघात दिने कस्ता छोराछोरी ।।

बुहारीलाई ल्याएर बिर्सिन्छन आफ्नै मातापितालाई बुढेसकालमा ।
दिनरात आँसु धारा बियोगको रात दिने कस्ता छोराछोरी ।।

रुदैछ्न बरै सन्तानलाई राम्रो बाटो देखाउन नसकेर हरपल ।
पटक पटक चोटिला शब्द प्रहार बात दिने कस्ता छोराछोरी ।।

जति ठूलो भए पनि सानै देख्छ्न आफ्ना मुटुका टुक्राहरुलाई ।
पलभर मै बृद्धा आश्रम पुर्याउन हात दिने कस्ता छोराछोरी ।।

प्रकाशित मिति : २० भदौ २०७७ शनिबार ००:००  ७ : ३९ बजे