९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

साताका अक्षरः आमाप्रति समर्पित ‘गजल’



एलिसा घिमिरे ।

बिदेश आए झुपडी बारेर आमा
घर बारि बन्दकी पारेर आमा

सुखमा राख्छु तिमीलाई भन्दै
आकि थिए भर पारेर आमा

सकिन फेर्न झुपडी छानो मैले
रुदै छु आँसु धारा झारेर आमा

अधुरै भए जिन्दगीका चाहना
बस्दै छु सपनाहरू मारेर आमा

केही गर्न खोज्छु असफल हुन्छ
बेक्कार लाग्छ जीवन हारेर आमा

एलिसा घिमिरे, कपिलवस्तु

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  ७ : ४९ बजे