७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

सार्वजनिक बिदा सकारात्मक



काठमाडौँ, १५ मंसिर (रासस) ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा त्यसलाई सकारात्मक रुपमा लिएको छ ।
पार्टीका महामन्त्री राजाराम श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्र निर्माताको स्मरणमा राष्ट्रियस्तरबाट उहाँलाई सम्मान गर्नुपर्ने माग पार्टीको चुनावी घोषणापत्रमा समेत कायम गरी प्राथमिकतामा राखिएको विषयलाई देउवा नेतृत्वको सरकारले पूरा गरिदिएकोमा त्यसलाई सकारात्मक रुपमा लिँदै सरकारलाई धन्यवाद दिइएको छ ।
मुलुकमा जातीय, क्षेत्रीय विखण्डनको आवाज उठिरहेको अवस्थामा राष्ट्र निर्माताप्रति सम्मान गर्ने उक्त निर्णयले सबै नेपालीलाई एकताको सुत्रमा बाध्ने विश्वास व्यक्त गर्दै उक्त राष्ट्रिय एकता दिवस मनाउनसमेत विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  १० : ५८ बजे