८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारीको निधन



झापा ।
प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी प्रसाईंको मंगलबार राति निधन भएको छ।
बिएण्डसी अस्पतालमा उपचारका क्रममा नेतृ प्रसाईंको निधन भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए।
निष्ठाको राजनीति गर्ने अग्रणी महिला नेतृको देहावसानले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको थापाले बताए। प्रसाईंको शवको अन्तिम संस्कार आजै गरिने भएको छ।
गिरिराजमणि प्रसाईं २०५६ सालको आम निर्वाचनमा झापाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेद्वार केपी शर्मा ओलीसँग १७ मतले पराजित भएकी थिइन्।
उनका पति समाजवादी चिन्तक सिके प्रसाईं बीपी कोइरालाका सहयात्री थिए।

प्रकाशित मिति : ११ चैत्र २०७७ बुधबार ००:००  ८ : ०९ बजे