७ असार २०८३, आइतबार | Mon Jun 22 2026

वार्यन च्याम्पियन्स लिगबाट बाहिरियो, पिएसजी पुग्यो सेमिफाइनलमा



एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो ।घरेलु मैदानमा पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो ।

तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३(२ ले हराएको थियो ।पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।

उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्याउन पर्याप्त भएन ।पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिनु परेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८ बुधबार ००:००  ७ : ४१ बजे