८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाणगंगामा अक्सिजन अभाव टर्दै, जेसिज भवनमा बन्ने भो ग्याँस सकंलन केन्द्र



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अक्सिजन सिलिण्डर ग्यास सकंलन केन्द्र बन्ने भएको छ ।

कपिलवस्तु जेसिजको भवनलाई अक्सिजन सिलिण्डर ग्यास सकंलन केन्द्र बनाउने निर्णय भएसंगै अब नगरमा कोरोना संक्रमणको महामारीमा अक्सिजन ग्याँसको अभावमा कसैले अकालमा मृत्युवरण गर्नु पर्ने छैन ।

नगर उप-प्रमुख चक्र अर्यालको अध्यक्षता र वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसालको संचालनमा नगरको सभाहलमा समपन्न सरोकारवालासंगको छलफलमा यो निर्णय भएको हो ।

सहभागी कपिलवस्तु उद्योग बाणिज्य सघं, सिद्धार्थ समाजिक बिकास संस्था, कपिलवस्तु जेसिज, लायन्स क्लव अफ बाणगंगा, रोटरी क्लव अफ कपिलवस्तुका प्रमुख तथा प्रतिनिधिले जेसिजको वैरियाको भवन केन्द्रको लागि उपयुक्त रहेको बताएका थिए ।

सो अब अक्सिजन अभाव हुन नदिन सबैसंग सिलिण्डर माग गरी राख्ने र आवश्यकता अनुसार जोसुकैले प्रयोग गर्न पाउने नगर प्रवक्ता बिष्णु पौडेलले जानकारी दिनुभयो । जेसिजले यसको लागि भवन दिएकोमा सबैले धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८ मंगलबार ००:००  ५ : १० बजे