९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

यूरो खेल्दादेल्दै अचेत डेन्मार्कका क्रिस्चेन बिउँतिए



एजेन्सी ।
यूरो २०२० खेल हुँदै गर्दा लडेर अचेत भएका डेन्मार्कका मिडफील्डर क्रिस्चेन एरिक्सेन अस्पतालमा बिउँतिएकु डेनिश फुटबल सङ्घले जनाएको छ।शनिवार फिनल्यान्डविरुद्ध भएको खेलमा अचेत भएपछि २९ वर्षीय एरिक्सेनलाई अस्पताल लगिएको थियो। कोपनहेगनमा आयोजित उक्त खेल मध्यान्तरअगाडि स्थगित गरिएको थियो।

मैदानमै उनको आपत्कालीन उपचार भएको थियो।अहिले उनको अवस्था स्थिर रहेको उक्त प्रतियोगिताको आयोजक यूएफाले जनाएको छ।उनी इन्टरमिलानसँग आबद्ध छन्। पहिला उनी टोटनम हटस्पर्सबाट खेल्थे।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  १ : ०९ बजे