२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा थारु सम्मानित



विजयनगर ।
कपिलवस्तुको रेडियो विजयनगर १००.७ मेगाहर्जकी समाचार प्रमुख सोन कुमारी थारु सम्मानित हुनुभएको छ । विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणका क्रियाकलाप तथा गतिविधिको बारेमा कलम चलाई समाचार प्रकाशनमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा छनोट भई थारुलाई गाउँपालिकाले सम्मान गरेको हो ।

सोमवार उहाँलाई दोसल्ला ओढाई नगद पुरस्कारसहित सम्मान–पत्रले गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापालले सम्मान गर्नुभएको छ । विजयनगर गाउँपालिकाले प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट व्यक्ति कार्यक्रम अन्तर्गत समाचार प्रमुख सोम कुमारी थारुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

थारु विगत ७ वर्ष देखि विभिन्न रेडियोमा लामो समयदेखि सञ्चार जगतमा काम गर्दै आउनुभएको छ । कपिलवस्तुकै पहिलो रेडियो कपिलवस्तुबाट सञ्चार क्षेत्रमा हात हाल्नुभएको थारुले रेडियो भ्वाइ हुँदै अहिले थारु पत्रकार महासंघ कपिलवस्तुको सह–सचिवसमेत रहनुभएकी थारु रेडियो विजयनगरको समाचार प्रमुखको रुपमा कार्यरत रहँदाँ विजयनगर गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो ।

गाउँपालिकाको सभाहलमा आयोजित नवौँ गाउँसभाको दोस्रो बैठकमा उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गरिएको छ । समाजसेवी शीतला चाई, ४ का वडा सचिव सुरेस बस्याल, स्वास्थ्यका कार्यालय सहयोगी रामेश्वर लोनिया, वडा २ का कार्यालय सहयोगी प्रवेज अहमद खाँ, सहायक कार्यालय अपरेटर रवि प्रताप यादव, लेखापाल गोविन्द अधिकारी, असई शिव बहादुर बढईलार्ई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८ सोमबार ००:००  ७ : ३९ बजे