कपिलवस्तु ।६ दिनअघि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भिब्रियो कलेरा नामक व्याक्टेरिया फेलापरेको छ । यसअघि झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको र चापाकलको पानी परीक्षण गर्दा कोलिफर्म व्याक्टेरिया फेलापरेको थियो । पानी परीक्षणको रिपोर्टमा अत्यधिक मात्रामा कोलिफर्म व्याक्टेरिया पाइएकोमा विरामीहरुको दिसाको रिपोर्टमा भिब्रियो कलेरा नामक व्याक्टेरियासमेत देखिएको स्वास्थ्य कार्यालय…