नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा रहेको बौदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमाले प्रकाश ओझा ३ हजार ९ सय ७६ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खडक बहादुर रानाले ३ हजार ५ सय ४१ मत पाएका छन् । यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार विजयी भएका छन् ।…