काठमाण्डौ ।देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली भएको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ…