रोल्पा । पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदीको ८३ वर्षको उमेरमा निधन भएको छ । जन्म घर रोल्पाको गजुलमा बस्दै आएका सुवेदीको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका उनी लामो समयदेखि दमका बिरामी थिए । विगत एक दशकदेखि उनी जन्म गाउँमै बसेर सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए…