८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वाणगंगाको जितपुरमा गुणस्तरीय मिष्ठान्न पसल सन्चालनमा आयो



बाबुराम रायमाझी ,जितपुर

कपिलवस्तुको बाणगंगा ४ सुन्दर नगरी जितपुरमा गुणस्तरीय तथा व्यवस्थित वाणगंगा मिष्ठान्न पसलको आजबाट सुभारम्भ गरिएको छ । बाणगंगा नगर पालिकाका उप प्रमुख चक्रपाणि अर्यालले सो मिष्ठान्न पसलको उद्घाटन गरेका थिए ।

पसलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अर्यालले दुग्धजन्यबाट बन्ने मिठाई भएकोले पशुजन्य किसानहरुको लागि दुधको खपत हुने र स्थानीय युवालाई रोजगारि प्राप्त भै आर्थिक उपार्जनमा टेवा पुग्ने कुरा बताएका थिए ।

त्यस्तै कपिलवस्तु उधोग वाणिाज्य संघका पुर्ब अध्यक्ष उमानाथ पौडेलले वाणगंगा मिष्ठान्न पसल यस क्षेत्रमा रहेका अन्य मिष्ठान्न पसलको तुलनामा धेरै स्तरीय ब्यबस्थित रहेकोे हुँदा यो मिष्ठान्न पसल लुम्बिनी प्रदेशकै नमुना एबम अनुकरणीय भएर जाने कुरा बताएका थिए ।

कार्यक्रममा कपिलवस्तु उधोग वाणिाज्य संघकाअध्यक्ष डोलकराम घिमिरे ,वडा न १ वडाध्यक्ष बाल कुमारी अधिकारि पन्थ एबम ४ वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।मिष्ठान्न पसलको संचालक नारायण पान्डे र सुनिल पान्डे रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८ सोमबार ००:००  ५ : ५५ बजे