१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

​​​​​​​बार अध्यक्षको कार्यकक्षमा ताला लगाउन गएका तीन पक्राउ

काठमाडौं ।नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार रामशाहपथस्थित एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै पक्राउ गरेको हो।…