८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि पेन्डामिक’ गोल्ड अवार्ड, नौ देशलाई उछिन्यो



काठमाडौं ।

नेपालले ‘बेस्ट रेस्पोन्स टु दि पेन्डामिक’ गोल्ड अवार्ड पाएको छ। लकडाउन अवधिमा नेपालले अलपत्र विदेशी पर्यटकहरूको खोजी तथा उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त अवार्ड दिइएको हो।

विश्वचर्चित वन्डरलस्ट पत्रिकाले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो। अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो।

नोमिनेसन भएका नौ मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो।पर्यटनमन्त्री आले, सचिव यादवप्रसाद कोइराला, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र छ नेपाली पर्यटन व्यवसाय कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट ९डब्लूटिएम० मा सहभागी छन्।

पर्यटन बोर्डले उक्त समयमा ‘स्ट्रयान्डेड इन नेपाल’ अनलाइन अभियान सञ्चालन गरी कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०, जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ(संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो।

बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगहरूसँगको समन्यवमा रिपाट्रिएसन फ्लाइटमार्फत करिब ५ हजारभन्दा बढी विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०७८ बुधबार ००:००  ७ : ३२ बजे