काठमाडौं ।नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्यु दर र २० प्रतिशत मातृ मृत्यु दर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज बिहीवार काठमाण्डौमा आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्यु दर घटेको बताउनुभयो…