६ असार २०८३, शनिबार | Sat Jun 20 2026

भौतिक रूपमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन



काठमाडौं ।
त्रिभुवन विश्व विद्यालयले सम्भवभएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

त्रिवि कार्यकारी परिषद्को भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सर्तकता अवलम्बन गर्दै शुक्रबारबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहाल बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ४७ बजे