१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा।१८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया…