काठमाडौं । संघीय संसद्को विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको बुधबार बसेको बैठकले लकडाउनको अवधिमा पनि मापदण्ड पुरा गरी अन्य पेशा, व्यवसाय सञ्चालन गर्न दिएजस्तै सोही मापदण्ड पूरा गरेर ट्याक्सी सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो । त्यसैगरी बैठकले लकडाउनका बीच सार्वजनिक…