काठमाडौँ । कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो…