हेटौंडा । चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। भारतबाट आएको शक्तिशाली चक्रवात ुफानीु को प्रभाव नेपालमा देखिएको छ। चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका( ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु…