कराकस । राजनीतिक संकटबाट गुज्रिरहेको भेनेजुयलमा राष्ट्रपति मादुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका छन्। स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गोइदोको आह्वानमा त्यहाँ प्रदर्शन भएको थियो। प्रदर्शनले हिँस्रक रुप लिएपछि सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका हुन्। अमेरिका र युरोपेली संघको साथ पाएका गोइदोले मंगलबार राष्ट्रपति निकोलास मादुरोको शासन समाप्त हुने बताएका थिए। उनले आफूलाई देशको…