४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।