पाल्पा ।रैनादेवी छहरा गाउँपालिका–४ अमलावास (सुन्तलाबास) की सरस्वती पोखरेलले लगाएका सुन्तलाको बोट सुक्ने, ढुसी लाग्ने, कत्लेरोग, पात, दानामा कालो हुने समस्या देखिएको छ । बगानमा रोग देखिए पनि सरकारका कुनै निकायबाट सहयोग पाउन नसकेको उनको गुनासो छ । ‘हरेकका बारीमा यस्ता समस्या दोहोरिन थालेका छन्,’ उनले भनिन्, ‘सुन्तला खेती राम्रो हुन्छ तर प्राविधिक सेवा पाउनै कठिन छ ।’…