काठमाडौं । शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा-अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्।…