७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित



एजेन्सी ।

जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो। एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे।

आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलोपटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८१ बिहिबार ००:००  २ : १८ बजे